२२ श्रावण २०८३, शुक्रबार
,
Latest
आदिवासी जनजाति र सीमान्तकृतका लागि वागमती प्रदेश सरकार अभिभावक बन्नेछः मुख्यमन्त्री बानियाँ रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्यो: माधव नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गर्नुभएको छ ।

अध्यक्ष नेपालले उहाँले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भुमिका निर्वाह गरेको समेत बताउनु भयो । एमाले उपाध्यक्ष समेत रहनुभएका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ उहाँलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताउनु भयो ।

कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैंभरी लागि रहनुभएको उल्लेख गर्दै अध्यक्ष नेपालले उहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताउनु भयो । उहाँले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रुपमा पनि स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘सुवाषचन्द्र नेम्वाङ नेपालको परिवर्तनको आन्दोलनको एउटा महान हस्ती हुनुहुन्थ्यो । उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रत्येक मोडहरुमा बडो कुशलताका साथ नेतृत्वदायी भुमिका निर्वाह गर्नुभयो । मुलुकमा गणतन्त्रको स्थापना भइसकेपछि संविधान निर्माण गर्नुपर्ने अभिभारा हाम्रो काँधमा आइसकेपछि त्यसलाई उहाँले बडो कुशलताका साथ निर्वाह गर्नुभयो । र, उहाँले सबैलाई मिलाएर लिएर जान सक्ने मिलनसारिताको उहाँको छुट्टै व्यक्तित्व थियो । उहाँ शालिन व्यक्तिको धनी हुनुहुन्थ्यो । उहाँ समस्याहरु बल्झाउन होइन, समाधान गर्न सधैभरी लागिरहनु हुन्थ्यो । एकातर्फ उहाँको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका छ भने अर्कोतर्फ कम्युनिष्ट आन्दोलनमा पनि उहाँको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । शुरुदेखि नै उहाँ प्रगतिशील आन्दोलनमा, बामपन्थी आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । र, त्यही ध्येय र उद्देश्यका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्नुभयो

। उहाँ यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसले सबै अप्ठ्याराहरु, जटिलताहरुलाई कुशलताका साथ पार लगाउने कुरामा अगुवाई गर्नु भयो । उहाँको योगदानलाई इतिहासले सधैभरी स्मरण गरिरहनेछ । नयाँ पुस्ताले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्नेछ । उहाँ सादा जीवनको पनि पक्षपाती, स्वच्छ छविको पनि पक्षपाति, मुलुकमा सुशासन स्थापना होस भन्ने चाहनाको पनि पक्षपाती । त्यसो हुनाले संविधान निर्माण गर्ने मात्रै होइन, त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? कार्यान्वयन गर्ने कुरामा पनि उहाँको अत्यन्त धेरै हुटहुटी र जोड गर्ने गरेको पाईन्छ । अहिले देशमा जस्तो किसिमको राजनीतिक वातावरण बदलिनु पर्दछ ।

हाम्रा सहमती र समझदारीको वातारण निर्माण गर्नुपर्दछ भन्ने कुराको उहाँ हिमायती पनि हुनुहुन्थ्यो । त्यसो हुनाले उहाँको निधन सिंगो लोकतान्त्रिक आन्दोलनको निम्ति, कम्युनिष्ट आन्दोलनको निम्ति परिवर्तनको आन्दोलनको निम्ति ठूलो क्षति हो । म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र, परिवारजनप्रति गहिरो समवेदना । उहाँका सपनाहरुलाई पूरा गर्नका लागि मैले आफ्नो तर्फबाट, हाम्रो पार्टीले आफ्नो तर्फबाट अधिकतम प्रयत्ने गर्नेछु ।’

अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको कार्यान्वयनमा पनि नेम्वाङको सधैभरी जोड दिएको भन्दै उहाँले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।