![](https://newspolar.com/wp-content/uploads/2023/09/asiacup-2.jpg)
एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् । दुवै टोली एसिया कपको एकदिवसीय ढाँचामा १९ औं पटक आमनेसामने हुँदैछन् ।
अन्तिम पटक यी दुई टोली २०१४ मा भिडेका थिए । १९ औ पटकको भिडन्तमा श्रीलंकाले १० खेल जित्दा भारतले ९ खेल जितेको छ ।