• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासलमा– तस्बिरहरु



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उहाँले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गर्नुभयो ।

नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेता कार्यकर्ता पनि एमाले मुख्यालय पुग्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेता पनि च्यासल पुगेर स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । अहिले पनि नेताहरू आउने क्रम जारी छ ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।