२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीद्वारा नेम्वाङप्रति पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको उहाँको पार्थिव शरीरमा अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।

नेम्वाङको अन्त्येष्टि भोलि बुधबार गरिने बताइएको छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।