• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग ★   सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन: सचिव भट्टराई ★   कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा ★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’ ★   प्रभु बैँक लि.र आगन्तुक रिसोर्ट बीच विशेष छुट सम्झौता ★   तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द ★   मौसममा खराबी आएपछि वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिए ★   नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम ★   एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित ★   काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

ओलीद्वारा नेम्वाङप्रति पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको उहाँको पार्थिव शरीरमा अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।

नेम्वाङको अन्त्येष्टि भोलि बुधबार गरिने बताइएको छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।