९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर बढेको छ । यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।

एक महीनाअघि नेपालमा संक्रमण सयभन्दा कम रहेकोमा आइतवारको तथ्यांक हेर्दा दैनिक संक्रमण दर नै ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९४ नयाँ संक्रमित फेला परेका छन् । आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।

अघिल्लो वर्ष सरकारले निजी अस्पताललाई पनि केही प्रतिशत शय्या अनिवार्य रूपमा कोभिडका लागि छुट्ट्याउन निर्देशन दिएकोमा यस वर्ष निजी अस्पताललाई कोभिड उपचारका लागि अनिवार्य गरेको छैन ।

निजी अस्पताललाई अस्पताल बेड अनिवार्य नगरेका कारण निजीका शय्या खाली रहे पनि सरकारीमा चाप बढेको छ । चिकित्सकहरूले अहिले अन्य रोगका बिरामीको संख्या पनि घटेकाले निजीका शय्यासमेत कोभिड उपचारका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् । ‘निजी अस्पताललाई समेत समेटेर तथा अस्थायी संरचना बनाएर कोभिडका बिरामीको उपचार गर्न सकिन्छ,’ महामारी  विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले भने । आर्थिक अभियान दैनिकमा छ ।