६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोब्बर मूल्यमा सर्जिकल मास्क बेच्नेलाई जरिवाना



अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण  विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपियाँमा खरिद मूल्य परेको सर्जिकल  मास्कको साढे आठरुपियाँमा  बेचेको पाइएपछि जरिवाना गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना  गरिएको  जानकारी  दिए । उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो । गोरखापत्र दैनिकमा छ ।