९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रमा डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो ।

ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ । सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो ।

हाल रिक्त दुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक ९सई० मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए ।

यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए ।यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो । एसएसपीको आठ ओटा पदमा भने कायम मुकायम ९कामु० को रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको हो । जसअनुसार, प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी र सुधिरजंग थापा कामु एसएसपी बन्नेछन् ।

कायममुकायममा बढुवा भएकाले अहिले नै पदअनुसारको दज्र्यानी चिन्ह र जिम्मेवारी बहन गर्ने भएपनि कन्फर्म गर्दा रोलक्रम भने तलमाथि पर्न जान सक्छ । हाल कामुुको जिम्मेवारीमा नरेहकाले पनि कन्फर्ममा पर्दा उनीहरुलाई उछिन्न भने सक्छ । सशस्त्रमा हाल एसपीमा सुधिरजंगपछि किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर (ख), उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेतीलगायत छन् ।

यस्तै, रिक्त ३५ एसपी पदमा भने नेपाल प्रहरीमा असईमा भर्ना भई हाल डीएसपी रहेका र सशस्त्रमा फ्रेसमा भर्ना भएका सिसं ३ का केही डीएसपी बढुवा हुनेछन् । सिसं ३ का इन्सपेक्टर (हाल डीएसपी) को सेवा अवधि पनि १८ वर्ष भइसकेकाले दुबैलाई मिलाएर बढुवा गर्नुपर्ने मत पछिल्लो समय बलियो हुँदै गएको छ ।

रिक्त ६० डीएसपीमा भने सिसं ६ का इन्सपेक्टर बढुवा हुनेछन् । इन्सपेक्टर भएको १५ वर्षपछि उनीहरु डीएसपी बन्न लागेका हुन् । यद्यपि, सिसं ६ का सबै इन्सपेक्टर डीएसपी बन्न सक्दैनन् । यो समाचार राजधानी दैनिकमा छ ।