५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

मनाङको हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु

मनाङको हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु
अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो ।

जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन खेलको माध्यमबाट प्रचारप्रसार गर्न लागिएको हो । समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले भदौ २५ देखि २७ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

बायोकोसका निर्देशक पारसविक्रम सिंहले मानव तथा वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणमा चासोका साथ प्रकृतिको संरक्षणलाई सम्मान गर्दै स्थानीयसमक्ष लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन कार्यक्रमले भूमिका अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”

एन्ट फाउन्डेसन, वाइल्ड फ्री र बायोकोसद्वारा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । मनाङको तिमाङ, पिसाङ र मुङजी मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंहलगायतका खेलाडीले फुटबल खेलिरहेका गुरुङले जानकारी दिनुभयो ।

हाइअल्टिच्युडमा भएको प्रतियोगितामा मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधान फुटबल खेल्नुभएको छ । कोरियोग्राफर तथा मोडल एवं एन्ट फाउन्डेसनका निर्देशक प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेलमार्फत सचेतना प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कलाकार, खेलाडी र स्थानीय खेलाडीबीच मैत्रीपूर्ण फुटबल सुरु भएको हो ।

स्थानीय क्लब टिम काजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच प्रतिस्पर्धा हुनेछ । आज पहिलो दिन काजिनसरा याक र हिमालय स्नो लियोप्याडबीच प्रतिस्पर्धा भएको छ । हिमालयन स्नो लियोप्याडले ४–३ गोल गरेको छ । दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी भ्राकामा प्रतिस्पर्धा हुनेछ । वन्यजन्तु संरक्षण गर्नलाई खेलको माध्यमबाट अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ । रासस