३ आश्विन २०८१, बिहीबार
,
Latest
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ]
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्यो: अर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताउनु भयो । उहाँले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ । अब भारत र चिनियाँ पर्यटकहरुलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ । हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन । हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायाँै । सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताउनु भयो । उहाँले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने बताउनु भयो । उहाँले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश धेरै काम गर्न बाँकी भएको देश हो । बाहिर जाने हो सानो कुरामा बस्नुपर्छ । यहाँ तपाई आफैँ इन्चार्ज बन्न सक्नुहुन्छ, यहाँ धेरै गर्नसक्ने सम्भावना छ । यहाँ ठूलो भविष्य छ । र नेपालमा आर्थिक क्रान्ति हुनसक्छ, हामी केही होइन, छोडौँ, यो देश भन्ने लघुतावास राख्नु हुँदैन । विदेशकै नागरिक भइसकेपनि नेपालीलाई यहाँ राजनीतिक र भोट हाल्ने अधिकार बाहेक सबै दिएका छौँ ।

विदेशी मुद्रामा पनि लगानी गर्न पाउने व्यवस्था गरेका छौँ । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्छ । शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी गर्नुपर्छ । बाँकी उत्पादनमा निजी क्षेत्रलाई छोड्नुपर्छ । वितरणको कुरा छ, त्यसमा सरकारले जिम्मा लिनुपर्छ । वितरणको नेतृत्व सरकारले गर्ने हो, उत्पादनमा मेन सहायक हुने हो, निजी क्षेज्ञलाई ड्राइभर बनाउने हो ।’

अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनु भयो ।