काठमाडौं । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद धर्मवहादुर लाल श्रीवास्तव र अजय शाहीले फेरी मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका छन् । आइतबार मात्र कुलप्रसाद केसीलाई समर्थन गरेका दुई सांसदले आज भने पोखरेललाई समर्थन गर्दै केसी पक्षले आफूहरुको हस्ताक्षर दूरुपयोग भएको समेत आरोप लगाएको छन् ।
आफूहरु सूर्य चिन्हबाट चुनाव जितेको र एमाले प्रदेशसभा दलप्रति प्रतिबद्ध रहेको प्रष्टिकरण दिएका छन् । श्रीवास्तव कपिलबस्तु ९२ ‘ख’ बाट र शाही नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।











