२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार साथीहरु निष्काशनमा परेको खबर सुन्न नपरोस् – विपुल पोखरेल



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गर्नुभएको छ । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रम पछि अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गर्नुभएको हो ।

पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘पत्रकार महासंघले कोही पनि पत्रकार साथीहरु निष्काशनमा परेको अवस्था, खबर सुन्न नपरोस् । कोही पनि साथिले तोकिएको सेवा सुविधाबाट आफुलाई वञ्चित भएको गुनासो गर्ने अवस्था, त्यसको विरुद्ध अदालत जानसक्ने अवस्था नआओस् । र सबै सञ्चार संस्थाहरुले त्यहाँ काम गर्ने सबै श्रमजिवीहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण मिलाओस् । र उहाँहरुको पेशागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि प्रतिवद्धता जनाओस् भनेर हामीले अपिल गरेका छौँ ।’

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पुर्‍याएको बताउनुभयो । महामारीको वीचमा पनि पत्रकारहरुले जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उहाँको भनाई छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई बिस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गर्नुभयो । कोरोना बाहानामा सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।

पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उहाँले बताउनुभयो । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक पत्रकार महासंघले सार्वजनिक गरेको छ ।