काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) दिउँसो देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिनेछ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा
देशवासीका नाममा सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु ।
सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएकाे छ ।— Surya Thapa (@ThapajiSurya) May 3, 2021











