२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा चीनद्वारा निर्मित १७२ किलोमिटर लामो रेल मार्ग सञ्चालनको तयारीमा



तस्बिर: सिन्ह्वा
अ+ अ-

काठमाडौँ । बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ ।

चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेल लाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सिआरईसी) ले निर्माण गरेको हो ।

यसमा एक्सपोर्ट—इम्पोर्ट बैंक चाइनाको लगानी छ । रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरु सवार थिए । बंगालादेश र चीन बीचको आर्थिक सम्बन्ध राम्रँे रहेको र भविष्यमा अझै सहयोग हुने अपेक्षा गरेको बंगाली सांसद सैफुज्जमान शिखरले बताउनु भयो ।

उहाँले बंगलादेशका लागि यो क्षण ऐतिहासिक भएको भन्दै विगतको सपना अहिले पूरा भएको बताउनु भयो ।

त्यस्तै साढे ५ वर्ष पछिको मेहनतबाट आयोजना सफल भएकोमा पद्या रेल लिंक परियोजनाका परियोजना निर्देशक शि युआनले खुशी व्यक्त गर्नुभयो । उहाँले शनिवार रेलमार्ग परीक्षण गरेको र अर्को महिनाबाट उद्घाटन हुने बताउनु भयो । शनिवार ६ सय यात्रु बोकेर रेल गन्तव्यमा पुगेको थियो । १७२ किलोमिटर पार गर्न करिव २ घण्टा लाग्ने बताउनु भयो ।

रेल्वे सञ्चालनपछि बंगलादेशको आर्थिक विकासलाई बढावा दिने विश्वास उनीहरुको छ ।