७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितेला चार सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोलाचार सय रुपैयाँले घटेर एक लाख ११ हजार नौ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार उक्त सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आईतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।