२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान चुनाव: बागमतीबाट पारस खड्कासहित तीन प्रतिनिधि चयन



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेशबाट पारस खड्कासहित तीन जना प्रतिनिधि चयन भएका छन् ।

शनिवार बसेको प्रदेश क्रिकेट संघको बैठकले खड्कासँगै शेखर श्रेष्ठ, प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो ।

यस्तै संघले विभिन्न उपसमिति गठन गर्दै संयोजक र सदस्य पनि चयन गरेको छ । जसअनुसार, आर्थिक समितिमा पारस खड्का, प्रसन्न शाक्य र सन्जोग पोखरेल रहेका छन् ।

यस्तै प्राविधिक समितिमा वसन्तराज सत्याल, सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानिया, सुरज शाक्य र रिकेश लामा रहेका छन् भने विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठ र अन्य तीन सदस्य छन् ।

त्यसैगरी, कार्यक्रम समितिमा अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, प्रेमबहादुर क्षेत्री, सञ्जय बस्नेत र सुजन महर्जन रहेका छन् । प्रदेशको क्रिकेट संयोजकमा अनिल अधिकारी, महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई चयन गरेको छ ।

खेलाडी छनौट समिति सदस्यको भने अर्को बैठकमा चयन गर्ने बताईएको छ । क्यानले निर्वाचिनसहितको साधारण सभा असोज ५ र ६ गते काठमाडौंमा गर्दैछ ।