२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान चुनाव: बागमतीबाट पारस खड्कासहित तीन प्रतिनिधि चयन



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेशबाट पारस खड्कासहित तीन जना प्रतिनिधि चयन भएका छन् ।

शनिवार बसेको प्रदेश क्रिकेट संघको बैठकले खड्कासँगै शेखर श्रेष्ठ, प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो ।

यस्तै संघले विभिन्न उपसमिति गठन गर्दै संयोजक र सदस्य पनि चयन गरेको छ । जसअनुसार, आर्थिक समितिमा पारस खड्का, प्रसन्न शाक्य र सन्जोग पोखरेल रहेका छन् ।

यस्तै प्राविधिक समितिमा वसन्तराज सत्याल, सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानिया, सुरज शाक्य र रिकेश लामा रहेका छन् भने विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठ र अन्य तीन सदस्य छन् ।

त्यसैगरी, कार्यक्रम समितिमा अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, प्रेमबहादुर क्षेत्री, सञ्जय बस्नेत र सुजन महर्जन रहेका छन् । प्रदेशको क्रिकेट संयोजकमा अनिल अधिकारी, महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई चयन गरेको छ ।

खेलाडी छनौट समिति सदस्यको भने अर्को बैठकमा चयन गर्ने बताईएको छ । क्यानले निर्वाचिनसहितको साधारण सभा असोज ५ र ६ गते काठमाडौंमा गर्दैछ ।