• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा



काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

टुकोनको आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।

महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को सक्रिय सहभागिता रहने निर्णय गरेको छ । श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्र्नेे महासंघले जनाएको छ ।