२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित



अ+ अ-

नेपाल हाप्किडो संघको अध्यक्षमा पुनः काली बहादुर घर्ती मगर निर्वाचित भएका छन् । भक्तपुरमा भएको नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा घर्ती मगरलाई सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिमा बालनकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारामाया थापा उपाध्यक्षमा निर्वाचित भए । इन्द्रबहादुर महरा महासचिव, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव, विजयाकुमारी वाइबा कोषाध्यक्षमा चयन भए । सदस्यमा मोहम्मद मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेमकुमार लामा रहेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुदपरिषद्का खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्माले शपथ ग्रहण गराए । कार्यक्रममा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।