• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित



नेपाल हाप्किडो संघको अध्यक्षमा पुनः काली बहादुर घर्ती मगर निर्वाचित भएका छन् । भक्तपुरमा भएको नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा घर्ती मगरलाई सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिमा बालनकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारामाया थापा उपाध्यक्षमा निर्वाचित भए । इन्द्रबहादुर महरा महासचिव, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव, विजयाकुमारी वाइबा कोषाध्यक्षमा चयन भए । सदस्यमा मोहम्मद मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेमकुमार लामा रहेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुदपरिषद्का खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्माले शपथ ग्रहण गराए । कार्यक्रममा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।