१४ असार २०८३, आईतवार
,
Latest
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

हक्की संघको नेतृत्वमा अनिल शर्मा



नेपाल हक्की संघका नवनिर्वाचित पदाधिकारी
अ+ अ-

नेपाल हक्की संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि शर्मा संघको कार्यवाहक अध्यक्ष थिए ।

मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्काले उपाध्यक्ष, सुवर्ण श्रेष्ठले महासचिव, असिम शर्माले सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाए । कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्दिकी, अञ्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि महाधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका थिए ।