• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

हक्की संघको नेतृत्वमा अनिल शर्मा



नेपाल हक्की संघका नवनिर्वाचित पदाधिकारी

नेपाल हक्की संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि शर्मा संघको कार्यवाहक अध्यक्ष थिए ।

मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्काले उपाध्यक्ष, सुवर्ण श्रेष्ठले महासचिव, असिम शर्माले सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाए । कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्दिकी, अञ्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि महाधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका थिए ।