१४ असार २०८३, आईतवार
,
Latest
प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उमा कुङफुमा बागमती च्याम्पियन



अ+ अ-

काठमाडौं । बागमती प्रदेशले छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल उमा कुङफु संघद्वारा आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण हात पा¥यो । प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा दिपेश थिङ तथा महिलामा सन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै बागमतीका हुन् । उत्कृष्ट चारैले जनही १५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले वल्र्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो ।

संजीतकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेश्रो डानको प्रमाण पत्र प्रदान गरियो । नेपाल उमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाण पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमर राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।