१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी २० शिखर सम्मेलनस्थलमा शक्तिराष्ट्रका नेता आउने क्रम जारी, प्रम मोदीद्वारा स्वागत



अ+ अ-

एजेन्सी । आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू प्रगति मैदानमा निर्माण गरिएको भारत मण्डपमा आउनेक्रम जारी छ ।

यसअघि आफ्ना जापानी समकक्षी फुमियो किसिदालाई प्रधानमन्त्री मोदीले सम्मेलनस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई सम्मेलनस्थल मण्डपमा स्वागत गरेका छन् । त्यसअघि बेलायती प्रधानमन्त्रीलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बाह्य मामिलामन्त्री सुव्रमन्यम जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसकेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विश्व नेता शुक्रबार राजधानी आइपुगेका हुन् ।