६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका सम्भावित कार्यसूची सार्वजनिक, कार्यसूचीमा एमसीसी परेन



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाले भोलि माघ २६ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीअनुसार भोलिको बैठकमा अमेरिकी सहयाता परियोजना एमसीसीलाई राखिएको छैन ।

सत्तारुढ गठबन्धनभित्र एमसीसी सम्झौतालाई लिएर तीव्र विवाद देखिएको छ । नेपाली कांग्रेस एमसीसीलाई संसद्बाट अनुमोदन गराउन चाहन्छ । तर नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीलाई यथास्थितिमा अनुमोदन गर्न नसकिनै बताउँदै आएका छन् । कार्यक्रमअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८’ पेश गर्नुहुनेछ ।

त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते निधन भएको थियो । भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बस्नेछ ।