काठमाडौं । काठमाडौं उपत्यकामा जारी पहिलो चरणको निषेधाज्ञाको समिक्षा तथा अबको रणनीति तय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा वैशाख १६ गतेदेखि एक साताको लागि लगाईएको निषेधाज्ञा भोलीबाट सकिने हुनाले एक साता थप गर्ने बारे निर्णय हुने जनाइएको छ ।
यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना सक्रमण पछि निरौला होम आईसोलेसनमा बस्नु भएको छ ।











