• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र जिल्लामा ८ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छ: भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग

राधाकृष्ण रथयात्रा सुरु



मोरङ । विराटनगरमा आज ५५औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपराह्न ४:०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो ।

मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतबाट लाखौँ श्रद्धालुको उपस्थितिसहित रथयात्राले मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, धरान रोड र बरगाछी हुँदै नौ किलोमिटरको दूरी तय गरेको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्राका क्रममा ४३ स्थानमा विश्राम गर्दै पुन: मन्दिर परिसरमा पुग्न करिब पाँच घण्टा लाग्ने छ ।

“श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने उक्त रथयात्रा विसं २०२५ देखि सुरु भएको हो । रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा विसं १९८८ देखि सुरु गरिएको थियो”, अध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिएको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछिको दोस्रो ठूलो विराटनगरको रथयात्रालाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजन आउने गरेका उहाँले बताउनुभयो । रथयात्रा सम्पन्न गर्नका लागि १८ उपसमिति निर्माण गरिएको छ ।

यसैबीच रथयात्राका अवसरमा विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ३० पुरूष र आठ महिला (छ जना नेपाली, ३२ जना भारतीय) गरी जम्मा ३८ लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । रासस

 




भर्खरै