१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो: सोमपाल कामी



अ+ अ-

काठमाडौँ । इन्स्पायर नोबल फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीवार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो ।

भारतबिरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गर्नुभएको थियो । कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउण्डेसनलाई दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताउनु भयो । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताउनु भयो । पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताउनु भयो । अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताउनु भयो । त्यस्तै अर्का क्रिकेटर कुशल भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताउनु भयो । भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको बताउनु भयो । उहाँले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताउनु भयो ।

उहाँले एशिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताउनु भयो ।