• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भयो: अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगायएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गर्नुभयो । उहाँले शेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका उल्लेख गर्नुभयो । उहाँले सरकार शेयर कारोबारले सहज रुप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताउनु भयो । शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर रहेको भन्दै यसलाई पारदर्शी,नीतिगत,प्रक्रिया र प्रणालीगत सुधार ल्याउने उहाँको भनाई छ । उहाँले शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानूनले छुट दिएको बताउनु भयो । उहाँले शेयर बजारमा शिक्षक,डाक्टर,इन्जिनियर अन्य पेशा व्यवसाय लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्न कानूनले छुट दिएको छ । शिक्षक,डाक्टर,इन्जिनियर अन्य पेशा व्यवसायमा लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्छन् ।कसैले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्छन् । कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ । यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले शेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन ।

शेयर कारोबारमा कोही पनि अनुचित रुपमा नगिउन । केही व्यक्तिहरुले शेयर कारोबारमा मेनुपुलेशन गर्न नपाउन इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेका छौं । शेयर कारोबारमा मूल्य गिरावट आएको छ । त्यसको विविध कारणहरु छन् । केही कारोबारमा राखिएका प्रतिवन्धले पनि बजार प्रभावित भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं यो शेयर कारोबारले सहज रुप लियोस् । लगानीकर्ताहरुको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ । यसलाई पारदर्शी बनाउने,नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भिर छ ।’

उहाँले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने बताउनु भयो । उहाँले अन्य पेशा व्यवसायीका मानिसहरुले शेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने बताउनु भयो । उहाँले शेयर कारोबारमा कोही पनि अनुचित रुपमा प्रवेश नगरुन्, इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको बताउनु भयो ।