५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै सेमेस्टरका असी विद्यार्थी ज्वरोले बिरामी, डेङ्गुको आशंका



अ+ अ-

महोत्तरी । बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच/छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले जानकारी दिनुभयो ।

एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिनुभयो ।

बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेङ्गु सङ्क्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ ।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास–६ का वडाअध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताउनुभयो । अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ ।

परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिनुभयो । विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ । रासस