• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु पर्छ: एमाले सांसद भट्टराई



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी निरन्तर छ । तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश छन् । शिक्षा लोकतन्त्रको पूर्वशर्त हो । लोकतन्त्र शिक्षा र विवेकशील नागरिक लोकतन्त्रमा मानक हुन् । तर यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन । तालाबन्दी संस्कृति अन्त्य गरी विश्वविद्यालयहरुको प्राज्ञिक संस्कृतिको लागि दलहरु प्रतिवद्ध हुन नसक्दा सरकार सम्वद्ध दल आवद्ध विद्यार्थी संगठनहरुलै तालाबन्दी गरेको सार्वजनिक समाचारहरु आईरहेका छन ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यु विश्वविद्यालयको दिक्षान्त समारोहमा कुलपतिको हैसियतले बोलेका कुरामा प्रतिवद्ध नहुँदा यस्ता व्यवहार स्थापित हुँदै गएका छन् । विश्वविद्यालयहरुमा भएको तालाबन्दीको जिम्मेवारी शिक्षामन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दालनको केन्द्र बनेको छ । प्राज्ञिक वातावरण बनाउन कूलपति, उपकुलपतिबीच साझा धारणा बनाउन नसक्दा आज विश्वविद्यालयमा यस्ता खालको अवस्थाहरु सृजना भएका छन् । विद्यार्थीहरुको जायज माग सम्बोधन गरी तालाबन्दी खुलाउने काममा लाग्न म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप समेत लगाउनु भयो ।