काठमाडौं । नेपालमा आज थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७०२ परीक्षणमध्ये १६ हजार १३१ जनाको पिसिआर र ६७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै मंगलबार कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ रहेको छ ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने २ लाख ८७ हजार ७९० संक्रमित निको भएका छन् ।
यसबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् ।











