२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्योकुसिन कराते खेलाडी वज्राचार्यको निधन



अ+ अ-

काठमाडौं । क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो ।

गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।

स्व। वज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कांस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रदान गौचनले जनाएका छन् । २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व। वज्राचार्य २ पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष स्व. वज्राचार्यको २०१२ साल बैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व. वज्राचार्यका श्रीमति, १ छोरा र २ छोरी छन् ।