३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाथवे इन्भेष्टमेन्टको ५० रुपैयाँदरको आईपीओ खुला, न्युनतम २० कित्ता आवेदन दिनुपर्ने



अ+ अ-

काठमाडौ । हाथवे इन्भेष्टमेन्ट नेपालले ५० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतको दरले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आवेदन खुला गराएको हो ।

बैदेशिक रोजगारमा गएका, कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जसमा कम्पनीले सर्वसाधारणलाई न्यूनतम २० कित्ता देखि अधिकतम १ लाखसम्मको आवेदन दिन पाउने अनुमति दिएको छ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा २५ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने म्याद ४ असोजसम्म थप हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हाथवेले नेपालको पुँजी बजारको अतिरिक्त जलविद्युत्, रियल इस्टेट, आर्थिक, पर्यटन र स्व: पुँजीको क्षेत्रमा आफ्नो लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ । यस कम्पनीले २०७८ साउन १ गतेदेखि सहायक कम्पनी हाथवे स्टक डिलर लिमिटेडबाट आफ्नो कारोबार गर्दै आएको छ ।

आईपीओपछि कम्पनीमा संस्थापक हिस्सा ८७.५० प्रतिशत र सर्वसाधारण हिस्सा १२.५० प्रतिशत हुनेछ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा हाथवे इन्भेष्टमेन्टले १३ करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाउने जनाएको छ ।