४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य: मन्त्री रिजाल



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ ।

बुधवारदेखि ५ दिनका लागि ललितपुरमा शुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताउनु भयो । मन्त्री रिजालले उद्यमीहरुको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो । उहाँल आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने उदेश्यले रोजगारी र सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताउनु भयो ।

उहाँले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ । नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने हेतुले रोजगारी मुलक सशक्तीकरण तथा सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ । कृषि तथा वन पैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको छ ।

लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको छ । साना तथा मझौला उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि नीतिगत सुधार,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारीकरणको विषयमा सरकारले कार्ययोजना बनाइरहेको जानकारी गराउन चाहन्छु । उद्यमीहरुलाई सहयोग गर्ने सरकारको पहिलो कतव्र्य हो । मुलुकको लागि महिला पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको छ ।’

मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि नीतिगत सुधार,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।