२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक( परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।

विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ ।

यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । रासस