२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमाथि रोमान्चक विजयी हासिल गर्दै श्रीलंका सुपर फोरमा



अ+ अ-

जेन्सी । एसिया कपमा समुह चरणअन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ ।

समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । यससँगै, अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।

श्रीलंकाबाट जितको लागि २ सय ९२ रनको लक्ष्य पाएको अफगानिस्तान ३७.४ ओभरमा २ सय ८९ रन बनाउदै अल आउट भयो । अफगानिस्तालाई सुपर फोरमा पुग्न उक्त लक्ष्य ३७.१ ओभरमा पुरा गर्नुपर्थ्यो। ३६ औ ओभरको समाप्तीमा अफगानिस्तानलाई सुपर फोरमा पुग्न एक बलमा तीन रन चाहिँएको थियो ।

३७.१ ओभरमा मुजिब उर रहमानलाई श्रीलंकाका स्पिनर धनन्जय डि सिल्भाले सदिराबाट क्याच गराएपछि अफगानिस्तानको सुपर फोरको सम्भावना लगभग सकिएको थियो । तर बाँकी तीन बलमा एक छक्का हान्न सके अफगानिस्तान सुपर फोरमा पुग्न सक्थ्यो । धनन्जयले दोस्रो र तेस्रो बल लगातार डट फाले र चौथो बलमा फारुकीलाई एलबीडब्लू आउट गराए । र विजयी हुँदै श्रीलंका सुपर फोरमा पुग्यो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ६५ रन बनाए। नाबी अफगानिस्तानबाट ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले २४ बलमा अर्धशतक बनाउदै मुजिब उर उरमानले २६ बलमा पाकिस्तानविरुद्ध हानेको अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

यस्तै, कप्तान हश्मातुल्लाह शाहिदी ५९, नाजिबउल्लाह जद्रान २३, गुलबदीन नाइब २२, ओपनर रहमानउल्लाह गुरबाज ४ रइबाहिम जद्रानले ७ रन बनाउँदा राशिद खान २७ रनमा नट आउट रहे ।

श्रीलंकाका कसुन रजिथाले सर्वाधिक ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले सर्वाधिक ९२ रनको योगदान दिए ।

ओपनर पाथुम निसांका ४१, दीमुथ करुणारत्ने ३२, सदिरा समाराविक्रामा ३, चरिथ असलंका ३६ र दासुन शानका ५ रनमा आउट भए । अन्तिम बलमा आउट भएका महेश थिक्सेनाले २८ रन बनाउदा दुनिथ वेलालागे ३३ रनमा नट आउट रहे ।

अफगानिस्तानका तीव्र गतिका गुलबदीन नाइबले ४ विकेट लिए । राशिद खानले २ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।

समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन भने समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगे।

सुपर फोरको पहिलो खेलमा आज बंगलादेश पाकिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।




भर्खरै