६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीजन्य पदार्थ चोरी गर्ने समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते



अ+ अ-

मध्यविन्दु ९नवलपरासी०  ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते हुनुभएको छ ।

अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिनुभएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । “हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेका थिए”, उहाँले भन्नुभयो, “आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएका छन् उनले टाउकोमा हेल्मेट लगाएकाले गम्भीर चोट लाग्न पाएन । ”

घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ । नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । “आक्रमणमा सामेल एक जना फरार छन्, खोजी कार्य जारी छ”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो । रासस