२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिस्थति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भए हामी कोरोना भाइरससँग लड्न सक्छौं



अ+ अ-

काठमाडौं । अहिले महामारी निकै बढेको छ । यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं । केहि दिन वा हप्ता हामीले धैर्यता एबम आत्म अनुशाशन पालना गर्यौं भने आफु, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं । भेटघाट, भोजभतेर, घुमफिर, पेशागत काम, अध्ययन आदि गर्नको लागि पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्दछ । महामारी नियन्त्रणमा आएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं ।

यसैपनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ प्रतिशत मात्र छ । अहिले पनि ९० प्रतिशत संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ । पोषिलो खाना, व्यायाम, तनाब ब्यबस्थापन, सकारात्मक सोंच आदिबाट हाम्रो रोगसंग लड्ने क्षमता बढ्दछ ।

भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनु पर्ने अवस्था हुँदैन। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ । पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ।

त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न सकिन्छ । उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा ब्यबस्थापन हुन्छ । समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिनु हुँदैन । 

अत्यावश्यक कामले घरबाहिर निस्किनु परेमा डबल मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं । उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ ।

नाकमुनी वा चिउड़ोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं । व्यक्ति व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ । परिस्थति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरससँग लड्न सक्छौं  ।