२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तान र श्रीलंकामा जारी एशिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गुर्नभएको छ ।

नेपाली क्रिकेट टिमले भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको भन्दै उहाँले यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भवानाको ढोका खुलेको उल्लेख गर्नुभएको छ ।

“मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुसी र गर्वको विषय हो”, उहाँले भन्नुभएको छ ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा सञ्चालन भइरहेको टी–ट्वान्टी महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना गर्नुभएको छ ।

“यस अवसरमा म नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभएको छ, “क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ । विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन ।”

पूर्वराष्ट्र भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ ।