१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीसँग अटोग्राफ लिएपछि सोमपालले भने: उनी क्रिकेटर मात्रै होइनन्, भावना पनि हुन्



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

सोमबार भएको एसिया कपअन्तर्गतको नेपाल र भारतको खेलपश्चात सोमपालले जुत्तामा कोहलीको अटोग्राफ लिएका हुन् ।

उनले अटोग्राफ लिँदै गरेको तस्वीर सार्वजनिक गर्दै कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको उल्लेख गरेका छन्। ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’, सोमपालले लेखेका छन् ।

यस्तै, सोमपाललाई ह्याप्पी ड्रेसिङ रुममा भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाईदिएका छन् । नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस: ह्याप्पी ड्रेसिङ रुममा भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाईदिए

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।