• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस

डेमोक्रेसीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो, हामीले नेतृत्व लिनसक्ने हो कि होइन ?– शेखर कोइराला (भिडियोसहित)



file photo

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हुँदा नेपाली कांग्रेसले नेतृत्व लिन सक्ने हो कि होइन भनी प्रश्न गर्नुभएको छ ।

सरकारले ९ वटा मन्त्रालय लिएपछि प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा उहाँले सरकारमा कांग्रेसले ९ वटा मन्त्रालय लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सर्वेसर्वा भएको बताउनुभयो ।

सरकारको नेतृत्व आफूहरुले लिन सकेमात्र जनतामा विश्वास दिलाउन सकिने उहाँको भनाइ थियो ।

“अहिले ९ वटा मन्त्रालय हाम्रो छ ९० जना सांसद छौँ। तर, गर्भमेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई फिल भइरहेको छ। पार्लमेन्ट्री सिस्टम र डेमोक्रेसीमा जसले जे भनेपनि। सभापति यहीँ हुनुहुन्छ। प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला। जतिसुकै भनेपछि प्रधानमन्त्री नै सर्वेसर्वा हो। त्यो पनि एउटा कारण होला”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीज्यूहरुले काट्न नमिल्ने, त्यो स्वाभाविक पनि हो। त्यस कारण अब हामीले नेतृत्व हामीले लिन सक्ने हो कि होइन। हामीले नेतृत्व लिने हो भने कांग्रेसको वर्चस्व हुन्छ। जनतालाई पनि विश्वस्त पार्न सकिन्छ।”