५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास



अ+ अ-

काठमाडौँ । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् ।

नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् ।

नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन । दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो । २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो ।

अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो । हाङजाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताउनु भयो ।

उहाँले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले अब केही समयमै आफू चीन आउने बताउनु भयो ।