• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

कस्तो छ १९ औं एशियाली खेलकुद हुने हाङझाउ



एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकुद आयोजना हुँदैछ ।

खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकुदको सबैभन्दा ठूलो गैरप्रतिष्पर्धी स्थल हो । एशियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरु जाने अपेक्षा गरिएको छ । खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरु रहेका छन् ।

उहाँले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरु रहेको बताउनु भयो । एशियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ ।

यस्तौ, एशियाली खेलकुदको समयमा विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि आपत्कालीन अभ्यास सम्पन्न भएको छ । सम्भावित प्राकृतिक प्रकोपका कारण पावर ट्रन्समिशन लगायत विद्युतमा हुनसक्ने समस्या रोक्न आपत्कालीन अभ्यास गरिएको छ ।

स्टेट ग्रिड झेजियाङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडका कर्मचारीहरुले मर्मत सामग्री र कर्मचारीहरुलाई तोकिएको ठाउँमा सामान स्थानान्तरण गर्न हेलिकप्टरको प्रयोग गरेर समेत अभ्यास गरिएको थियो । एशियाली खेलकुद आयोजना हुने पाँच शहरमध्ये हङझाउ पनि एक हो ।