२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड अस्पताललाई प्राथमिकतामा राखेर अक्सिजन ग्यास वितरण गर्न निर्देशन



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको  छ ।

उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिनुभयो । उहाँले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गर्नुभयो ।

विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिनुभयो । अनुगमनमा सामाजिक विकासमन्त्री सुवेदी, प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र सचिव रघुराम विष्ट लगायतको सहभागिता रहेको थियो ।