२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते



सांकेतिक तस्बिर
अ+ अ-

अर्घाखाँची । अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अन्दाजी २:५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो । रासस