४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेलमा बर्षा बाधक, खेल रद्द भए के हुन्छ?



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत समुहचरणको अन्तिम खेलमा यतिबेला नेपाल र भारत खेल्दैछन् । तर, बर्षा बाधक बन्दा खेल अनिश्चितको लागि रोकिएको छ ।

यतिबेला श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा मुसलधारे पानी परिरहेको छ र पिचलाई कभरले ढाकिएको छ ।

भारतले २.१ ओभरमा ब्याटिङ गरिरहेको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । नेपालले जितको लागि २३१ रनको लक्ष्य दिएकोमा भारतले १७ रन बनाउदा खेल रोकिएको हो ।

बर्षाको कारणले खेल रद्द भए के हुन्छ?

आज नेपाल र भारत सुपर फोरको लागि निर्णायक खेल खेल्दैछन् । समूह ए मा शीर्ष स्थानमा रहि पाकिस्तान यसअघि नै सुपर फोरमा गईसकेको छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । भारतको एक खेलमा एक अङ्क छ भने नेपाल अङ्कविहीन छ ।

नेपाललाई सुपर फोरमा जान आजको खेल जित्नैपर्ने दवाव छ । बर्षाको कारणले अंक बाडे पनि नेपाल अङ्कविहीन रहेकोले बाहिरिनेछ । उता, पछिल्लो खेलमा पनि अंक बाडेको भारतले आज पनि अंक बाड्दा दुई अंकको साथ सिधै सुपर फोरमा पुग्नेछ ।

समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।