काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीले साथमा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल ,अर्थमन्त्री बिष्णु पौडेल , संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसक्नुभएको छ । मंगलबार मात्र कांग्रेसले प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत लिन फेल गराउने बताएको थियो ।











