५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नेपालको चुच्चे नक्शा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छ: एमाले



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनुभएको हो ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताउनु भयो । चीनले नेपालको नक्शा पनि समेटदा पुरानै नक्शालाई मान्यता दिनु दु:खद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन । कसैलाई छोड्दैनौं पनि । यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौं । जहाँसम्म चीनले नेपालको नक्शा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्शा गायव गरेर राख्यो । यस सन्दर्भमा नेपाल सरकारले अविलम्व चाईनाको सरकारलाई यस विषयमा उसले कुटनीतिक नोट पठाओस् । यसमा अविलम्व प्रश्न गरोस् । अविलम्व सरकारले चाईनको सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस् ।’

‘किनभने लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग हो । कुनै देशलाई हो वा होइन भन्ने अधिकार छैन । त्यसकारण यो भूगोलको बारेमा, यो नेपालको होइन जस्तो गरेर, नेपालमा नभएजस्तो गरेर चाईनामा हामीले नेपालको नक्शा देख्यौं । त्यो दुखद् कुरा हो । सरकारले अभिलम्ब यसमा कुटनीतिक पहलमार्फत, उपयुक्त छलफलमार्फत यसमा चाईनाको सरकारलाई सच्याउनका लागि पनि अपिल गर्नुपर्छ । सरकारलाई हामी त्यो माग गर्न चाहन्छौं ।’

सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्‍याउनु भयो । उहाँले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहोर्‍याउनु भयो ।