• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई



काठमाडौँ । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो । एन्फाका अनुसार नेपाली टोली सोमवार नै म्यानमार प्रस्थान गर्नेछ ।

यस खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आईतवार २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपालको राष्ट्रिय टिममा पर्न सफल खेलाडीलाई बधाइ र बिदाई गर्दै आफ्नो कौसल पस्किँदै राम्रो खेल्न शुभकामना दिनुभयो ।

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ ।