• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आसिफ शेख पनि आउट



काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् ।

उनी २९ औ ओभरको पाँचौ बलमा ९७ बलमा ७ चौका प्रहार गर्दै ५७ रन बनाउदै आउट भए । उनलाई मोहम्मद सिराजले आउट गरेका हुन् ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए ।

ताजा स्थितीमा नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको छ ।