२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण



अ+ अ-

कास्की । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताउनुभयो ।

प्रदेशमा देखिएका समस्या समाधानका लागि नियमकानूनअनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उहाँले यसका लागि सबैको साथ र सहयोग औँल्याउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो ।  

सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । सङ्घीय सरकारका सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गर्नुभएका पौडेल मंगलबार पोखरा आउनुभएको हो ।